अर्थ

पानीपोखरीमा नेपाल एनआइएमबीएलको नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका ३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको छ। यो सँगै आफ्नो शाखा संख्या २७० पुगेको बैंकले जनाएको छ। नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन्। सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिइने बताएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८० ०९:१७ मंगलबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे