अर्थ

‘अनर एक्स एट बी’ बजारमा

अनर नेपालले ३० हजार भित्रै ५१२ जिबी मेमोरी भएको ‘अनर एक्स एट बी’ सार्वजनिक गरेको छ। अनर ग्लोबलको बाटो पछ्याउँदै अनर नेपालले पनि ३० हजार भित्रै ५१२ जिबी मेमोरी भएको अनर एक्स एट बी सार्वजनिक गरेर आफ्नो पोर्टफोलियो विस्तार गर्ने दिशामा अघि बढिरहेको कम्पनीले जनाएको छ।

यस्तै कम्पनीले अनर एक्स एट बीलाई ‘कम्प्युटर लेभल स्टोरेज’ भन्ने ट्यागलाइन दिएको र यस मोडलको लागि एकदम उपयुक्त रहेको जनाएको छ।

अनरले बार्सिलोनामा आयोजित एमडब्लुसीमा अनर म्याजिक सिक्स सिरिज, अनर म्याजिक भि २ सिरिज र अनर म्याजिक बुक प्रो १६ लन्च गरेको छ। कम्पनीले यस लञ्चसँगै इनोभेसनको नयाँ आयाममा प्रवेश गरेको जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०८० ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App