अर्थ

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।

ती मुद्दामा ४५ प्रतिवादीबलाई १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले बताए।

विभागले ४५ मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादी रहेका छन्। विभिन्न प्रकृतिका राजस्व छलीका घटनाहरु रहेका छन्। डिडिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबार गरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०८० १६:२० बिहीबार

राजस्व अनुसन्धान विभाग