अर्थ

सिटिजन्स बैंकको क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा

सिटिजन्स बैंकले फोन पे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा सुरुवात गरेको छ।

यस सेवाअन्तर्गत पहिलो चरणमा बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका व्यवसायहरूमा कारोबार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने छ।

हाललाई सो सेवा भारतीय एप भिम र फोन पे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोन पे क्युआर मार्फत गर्न सकिने भए तापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ एपमार्फत भारतमा समेत कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जनाएको छ।

यसका साथै बैंककै मोबाइल बैंकिङ प्रयोग गरी भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकम सार्न मिल्ने गरी कार्य भइरहेको बैंकले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०८० ०९:५७ बिहीबार

सिटिजन्स बैंक फोन पे नेटवर्क क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा क्युआर भुक्तानी सेवा