अर्थ

विद्युत उत्पादनलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गरिनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले विद्यूत उत्पादनमा आन्तरिक बाह्य लगानी गरी उत्पादन बढाउने बताएका छन्। 

उनले विद्युतको आन्तरिक आन्तरिक खपत बढाउने, विद्युतलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गरी यसको निर्यातमा जोड दिने पनि बताएका छन्।

यसैगरी प्रसारण लाइन र आयोजनाको लागत मूल्य बढ्न नदिन समयमै आयोजना निर्माण कार्य सुरु गर्ने डा.महतले बताए। ग्रिन हाइड्रोजनको विकास र लगानीको सम्भाव्यता अघि जानकारी पनि दिए।

प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आर्थिक वर्ष ०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक प्रस्ताव पेस गर्दै उक्त उनले कुरा बताएका हुन। 

प्रकाशित: १४ फाल्गुन २०८० १३:५४ सोमबार

अर्थमन्त्री डा. प्रकाशसरण महत