अर्थ

काठमाडौंमा एनआइएमबीका दुई नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका छन्। पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने बताए।

प्रकाशित: १४ फाल्गुन २०८० ०७:५७ सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नयाँ शाखा विस्तार बालाजु शाखा सञ्चालन