अर्थ

टेकु अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

हिमालयन बैंकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नगद संकलन काउन्टर सञ्चालन गरेको छ। अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो।

बैंकले अस्पतालमा नगद संकलन सेवा सार्वजनिक बिदाका दिनमा समेत २४ सै घण्टा प्रदान गर्ने जनाएको छ। सो काउन्टरमा सेवाग्राहीको सुविधालाई विचार गरी बैंकले क्यु आर मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ।

बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरूका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ।

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०८० ०९:०६ बिहीबार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हिमालयन बैँक