अर्थ

नेपाल एसबिआई बैंकद्वारा वृक्षरोपण कार्यक्रम

नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसरको कैलाश डाँडामा वृक्षरोपण गरेको छ।  

बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त वृक्षरोपन कार्यक्रम आयोजना गरेको हो। वृक्षरोपण कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोककुमार चौधरीले वृक्षरोपणको उद्घाटन गरेका छन्।

बंैेकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १०:४८ बुधबार

नेपाल एसबिआई बैंक वृक्षरोपण कैलाश डाँडा पशुपति मन्दिर परिसर