अर्थ

एलएस इनर्जी फन्डले पुवा खोला-वान हाइड्रोपावरमा लगानी गर्ने

एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानी सुरुवात गरेसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धताको घोषणा गरेको छ।

सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट अध्यक्ष राजिव सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन्।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ। यस आयोजनाले विद्युत् उत्पादन थालिसकेको छ। इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ।

प्रकाशित: ८ फाल्गुन २०८० १४:२८ मंगलबार

लक्ष्मी सनराइज क्यापिटल