अर्थ

‘प्रीति कार्टुन हातमा, बुलेट बाइक साथमा’

एसियन थाई फुड्सले ‘प्रीति कार्टुन हातमा, बुलेट बाइक साथमा’ योजना ल्याएको छ। स्किमअन्तर्गत प्रीति चाउचाउको हरेक कार्टुनमा लक्की ड्र कुपन राखिएको छ। 

कुपनहरू स्क्य्राच गर्दा उपभोक्ताले पाँच वटा रोयल इनफिल्ड हन्टर ३५० फ्याक्ट्री सिरिज बाइक, पाँच वटा ५५ इन्चको यासुदा टिभी, १० वटा १८० लिटर यासुडा फ्रिज, सय वटा एक लिटर यासुदा राइस कुकर, २०० वटा यासुदा इलेक्ट्रिक वाटर जग, पाँच सय जनाले प्रिती कार्टुन मिल प्याक साथै हरेक प्याकेटमा १० र पाँच रूपैयाँ तुरुन्त प्राप्त गर्न सक्ने छन्।

योजनाको लक्की ड्र आगामी जेठ ३ गते प्रिती नुडल्स को फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०८० १०:०७ शुक्रबार

प्रीति कार्टुन हातमा बुलेट बाइक साथमा एसियन थाई फुड्स योजना