अर्थ

फ्युजमेसिनको एआईसम्बन्धी छात्रवृत्ति

फ्युजमेसिनले यो वर्षका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी छात्रवृत्ति आह्वान गरेको छ। नेपालीका लागि खुला गरिएको ६ महिना लामो यो छात्रवृत्ति अन्तर्गत एआई र डेटा साइन्सको विषयमा ज्ञान दिइनेछ।

सन् २०१७ देखि सुरु भएको यो छात्रवृत्ति अन्तर्गत विश्वका १२ देशका आठ सय सहभागीले प्रशिक्षण लिएका छन्।

फ्युजमेसिनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समिर मास्के भन्छन्, ‘हरेक वर्ष नेपाललगायत विश्वका विभिन्न राष्ट्रबाट यो छात्रवृत्तिप्रति आकर्षण बढिरहेको छ।’ अधिकांश पढाइ अनलाइन मार्फत हुने यो छात्रवृत्तिमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिइने मास्केले बताए।

फ्युज मेसिन आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी हो। अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल र डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी कार्य गरिरहेको छ।

प्रकाशित: २ फाल्गुन २०८० १२:१३ बुधबार

कृत्रिम बौद्धिकता (एआई) फ्युजमेसिन