अर्थ

पाँच ‘मनि चेञ्जर’ कम्पनीको इजाजत पत्र रद्द

नेपाल राष्ट्र बैंकले पाँच वटा मनि चेञ्जर कम्पनीको इजाजत पत्र रद्द गरेको छ।

मुद्रा सटहीका लागि इजाजत प्राप्त पाँच कम्पनीले तोकिएको प्रावधान अनुसार नवीकरण नगरेसँगै ती कम्पनीको इजाजत रद्द गरिएको बताइएको छ।

राष्ट्र बैंकले फेयर मनि एक्स्चेञ्ज प्रालि काठमाडौं, न्यातपोल मनि एक्स्चेञ्ज प्रालि भक्तपुर, कैलाश मनि एक्स्चेञ्ज प्रालि काठमाडौं, ग्रेस मनि एक्स्चेञ्ज प्रालि रसुवा र रुट नेपाल मनि एक्स्चेञ्ज काठमाडौंको इजाजत पत्र रद्द गरेको हो।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गरेर इजाजत पत्र रद्द भएको जनाएको हो।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप – विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजत पत्र रद्द गर्ने निर्णय भएको जनाएको छ।

प्रकाशित: २९ माघ २०८० १४:३२ सोमबार