अर्थ

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूबीच अन्तरक्रिया गरेको छ। कार्यक्रममा उपत्यकाका वरिष्ठ अभिकर्ताहरूको उल्लेख्य उपस्थिति  रहेको थियो।

अन्तरक्रियाको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले अभिकर्ताबीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए। उनले यस्ता कार्यक्रमले अभिकर्ताहरूमा काम गर्न उर्जा प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन्।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो। यस्तै अभिकर्ता स्किमअन्तर्गत लक्की ड्रमार्फत स्कुटर विजेता बनेका पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको छ।

प्रकाशित: २६ माघ २०८० ०९:३६ शुक्रबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स वरिष्ठ अभिकर्ताहरूबीच अन्तरक्रिया