अर्थ

ओमोडा इ फाइभ गाडी सार्वजनिक

एसपिजी अटोमोबाइल्सले ओमोडा इ फाइभ गाडी सार्वजनिक गरेको छ।

६१ किलोवाट आवर ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्रीयुक्त ओमोडा फाइभले ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ओमोजा इ फाइभ गाडी फ्रन्ट–माउन्टेन इलेक्ट्रिक मोटर र ३४० न्युट मिटर टर्कद्वारा सञ्चालन हुन्छ। कम्पनीले यसको प्रारम्भिक मूल्य ५९ लाख ४९ करोड रूपैयाँ राखिएको जनाएको छ।

कम्पनीका अनुसार सो गाडीमा एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषता भएको जनाएको छ।

प्रकाशित: २५ माघ २०८० ०८:५३ बिहीबार

एसपिजी अटोमोबाइल्स