अर्थ

कालंगा हाइड्रोको साधारण सेयर प्रत्याभूति सम्झौता

बझाङको १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रोको सेयर प्रत्याभूति गर्न  ज्योति क्यापिटल र लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएका छन्।

हाइड्रोको जारी पुँजी एक अर्ब ४० करोडमध्ये सर्वसाधारणको लागि ३५ प्रतिशत अर्थात्  प्रतिसेयर सय रूपैयाँका दरले हुने ४९ करोड बराबरको साधारण सेयर निष्कासन गर्न ३४ करोड ९० लाख रूपैयाँ ज्योति क्यापिटलबाट र १४ करोड १० लाख रूपैयाँ लक्ष्मी सनराइज क्यापिटलबाट सेयर प्रत्याभूत गर्ने सम्झौता गरी साधारण सेयर प्रत्याभूतिकर्ता नियुक्त गरिएको हो।

हाइड्रोकोे तर्फवाट सञ्चालक तीर्थराज चटौत तथा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मी सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित: २५ माघ २०८० ०८:४३ बिहीबार

कालंगा हाइड्रो सेयर प्रत्याभूति ज्योति क्यापिटल र लक्ष्मी सनराइज क्यापिटल नियुक्त