अर्थ

क्लोजअपको ‘ह्यासट्याग नजिक आउ’ डिजिटल अभियान

क्लोजअप नेपालले भ्यालेन्टाइन डेको अवसरमा ‘ह्यासट्याग नजिक आउ’ डिजिटल अभियानलाई निरन्तरता दिएको छ।

अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ। ‘ओरल केयर’को रूपमा स्थापित क्लोअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ पहिलो कदम चालेर आफ्ना प्रियजनसँग नजिक हुन सधैं प्रेरित गर्दै आएको जनाएको छ।

‘ह्यासट्याग नजिक आउ’ डिजिटल अभियानले एक रोचक वेब सिरिज सुरू गरेको छ, जसमा दर्शकले चार विभिन्न कथाहरूको निष्कर्ष सुझाउन सक्ने कम्पनीले जनाएको छ। दर्शकले ती कथालाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्ने र ती कमेन्टहरू मध्येबाट छनोट गरी कथा निष्कर्षमा पुर्‍याइने कम्पनीले बताएको छ।

साथै क्लोजअप नेपालले आफ्नो माइक्रो साइट ‘क्लोजअप नजिक आउ डट कम’ पनि ल्याएको छ। जसमा सहभागीले दैनिक क्विज खेल्ने, लभ नोट लेख्ने र आकर्षक उपहार पनि जिल्ने अवसर पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ माघ २०८० ०७:२४ बिहीबार

क्लोजअप नेपाल भ्यालेन्टाइन डेको अवसर