अर्थ

झिनो अंकले घट्दा झण्डै तीन अर्बको कारोबार

साताको चौथो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से ४.९२ अंकले बढेको छ।

सोमबार दिनभरजसो नेप्सेपरिसूचक उतारचढावपूर्ण हुँदै ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा पुगेको छ। सोमबार १६८ कम्पनीको सेयर बढ्यो भने ६८ कम्पनीको सेयर घट्यो। त्यसैगरी ११ कम्पनीको सेयर स्थिर रहयो। बुधबार ७७ लाख ३२ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८४ करोड ४२ लाख ५५ हजार २ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीनवटै सूचक बढ्यो। सेन्सेटिभ सूचक ०.१२ अंकले बढ्यो भने फ्लोट सूचक पनि ०.४७ अंकले बढ्यो।

त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक ०.२८ अंकले बढ्यो। नेप्सेका १३ उपसमूहमध्ये बुधबार ७ उपसमूह बढ्या भने  ६ उपसमूह घट्यो। बढ्ने उपसमूहमा जीवनबीमातर्फ १३६.५९ अंक रह्यो। होटल तथा पर्यटनतर्फको उपसमूह भने ८१.९० अंकले बढ्यो। त्यसैगरी बुधबार घट्ने उपसमूहमा निर्जीवनबीमा रह्यो। सो उपसमूह ४२.३२ अंकले घट्यो। त्यसैगरी अन्यतर्फको उपसमूह पनि २८.२० अंकले घटेको छ।

बुधबार चार वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। जसमा गुराँस लघुवित्त कम्पनी, समाज लघुवित्त कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र इष्र्टन हाइड्रोपावर कम्पनी रह्यो। बुधबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा एनसिसि डिबेञ्चर कम्पनी रह्यो। सो  कम्पनीको सेयर ५.२५ प्रतिशतले घट्यो। त्यसैगरी युनाइटेड अजोड इन्सुरेन्स कम्पनीको सेयर ४.८७ प्रतिशत र सिटिजन सुपर ३० म्युचअुल फण्डको सेयर पनि ४.८४ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको थियो। सो दिन आइतबार १३२ कम्पनीको सेयर घट्यो भने १०४ कम्पनीको सेयर बढ्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँको सेयर कारोबार भएको थियो। साताको दोस्रो कारोबार दिन सोमबार  नेप्से १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ।

सोमबार १४८ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो। १३ कम्पनीको सेयर स्थिर रह्यो। सोमबार ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँको सेयर कारोबार भयो।  साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको हो। मंगलबार १८१ कम्पनीको सेयर बढ्यो भने ५७ कम्पनीको सेयर घट्यो। नौ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार ७६ लाख २४ हजार तीन सय ७६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित: २४ माघ २०८० १७:०६ बुधबार

सेयर