अर्थ

सिउरी न्यादी पावर र एनएमबी क्यापिटलबीच सम्झौता

सिउरी न्यादी पावरले सर्वसाधारणमा प्राथमिक सार्वजनिक सेयर निष्कासन गर्नका लागि एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

अधिकृत तथा जारी पुँजी ६ अर्ब १९ करोड ६० लाख ७८ हजार रूपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पुँजीको ४९ प्रतिशत अर्थात् तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय रूपैयाँ रकम बराबरको प्रतिसेयर सय रूपैयाँका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष योजना, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणका लागि जारी गर्ने कम्पनीले जनाएको छ ।

साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा सिउरी न्यादी पावरका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईं र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

प्रकाशित: २४ माघ २०८० ०८:२४ बुधबार

एनएमबी क्यापिटल सम्झौता सिउरी न्यादी पावर प्राथमिक सार्वजनिक सेयर निष्कासन ग