अर्थ

नेपाली बजारमा ओमोडा ई–५, यस्ता छन् विशेषता

एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई–५ गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यसमा ६१ केडब्ल्यू (किलोवाटआवर) को ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेकाे छ जसले ४३० किलोमिटरको (डब्ल्यूएलपिटी मानक) रेन्ज प्रदान गर्दछ। 

सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ। 

यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युअल स्क्रिन जस्ता विशेषता रहेका छन्।

एडास ड्राइभिङ असिस्टेन्स सुविधा रहेको यसमा लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग लगायत १७ भन्दा बढी प्रकारका फिचर उपलब्ध छन्। 

यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ। ओमोडा ई–५ को बजार मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: २३ माघ २०८० २०:२६ मंगलबार