अर्थ

९ अंकले नेप्से बढ्दा साढे दुई अर्ब माथिको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ९.४४ अंकले बढेको छ।

मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको हो। मंगलबार १८१ कम्पनीको सेयर बढ्यो भने ५७ कम्पनीको सेयर घट्यो। ९ कम्पनीको सेयर स्थिर रह्यो।

मंगलबार ७६ लाख २४ हजार ३ सय ७६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीन सूचकमध्ये दुई सूचक बढ्यो भने एक सूचक घट्यो।

सेन्सेटिभ सूचक १.४५ अंकले घट्यो। त्यसैगरी फ्लोट सूचक ०.९९ अंक र सेन्सेटिभ फ्लोट सूचक भने ०.२३ अंकले बढ्यो। नेप्सेका १३ उपसमूहमध्ये मंगलबार ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो। 

सबैभन्दा धेरै बढ्ने उपसमूहमा निर्जीवनबीमा तर्फ रह्यो। सो उपसमूह ११४.९३ अंकले बढ्यो। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसमूह पनि ६२.४५ अंक र होटल तथा पर्यटनतर्फको उपसमूह पनि ४०.९१ अंकले बढेको छ।

मंगलबार घट्ने उपसमूहमा टेडिङतर्फ रह्यो। सो उपसमूह १५.५७ अंकले घट्यो। त्यसैगरी अन्यतर्फको उपसमूह पनि १०.१८ अंकले घटेको छ। 

मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा समाज लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ। त्यसैगरी गुराँस लघुवित्त कम्पनीको सेयर पनि ९.४२ प्रतिशत र युनाइटेड अजोड इन्सुरेन्स कम्पनीको सेयर पनि ७.४० प्रतिशतले बढेको छ। मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा सामलिंग पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशत रहेको छ।

त्यसैगरी नेपाल दूरसञ्चार कम्पनीको सेयर पनि ५.१० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोर्थ स्कीमको सेयर पनि ३.७१ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको थियो।

सो दिन आइतबार १३२ कम्पनीको सेयर घट्यो भने १०४ कम्पनीको सेयर बढ्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँको सेयर कारोबार भएको थियो। 

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ। सोमबार १४८ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो। 

१३ कम्पनीको सेयर स्थिर रह्यो। सोमबार ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँको सेयर कारोबार भयो। 

प्रकाशित: २३ माघ २०८० १५:५५ मंगलबार