अर्थ

६ महिनामा सवा सात खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सात खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा विदेशमा रहेका नेपालीले सो बराबरको रेमिट्यान्स पठाएका हुन्।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएर ७ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको ६ महिनाको अवधिमा भने रेमिट्यान्स २४.३ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर पनि रेमिट्यान्स बढेको देखाएको छ। चालु आवको ६ महिनासम्मको अवधिमा अमेरिकी डलरमा पनि रेमिट्यान्स २२.६ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड डलर पुगेको छ। जबकि अघिल्लो आवमा भने अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले बढेको थियो।

प्रकाशित: २३ माघ २०८० १३:३८ मंगलबार

नेपाल राष्ट्र बैङ्क रेमिट्यान्स