अर्थ

एक्सेल बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि सन्देशमूलक ट्राफिक पोल हस्तान्तरण गरेको छ।

विराटनगर–विराटचोक सडकखण्ड अन्तर्गत झोराहाट बजार आसपास ट्राफिक सचेतनाका लागि उपयोगी हुने सांकेतिक एवं सन्देशमूलक ट्राफिक पोलहरू र ट्राफिक प्रहरी पोष्ट हरैंचालाई सवारी चालकहरूलाई ज्याकेट हस्तान्तरण गरेको हो।

यस्तै सवारी चालकहरूलाई ट्राफिक प्रहरीको तर्फबाट दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा ग्रामथान गाउँपालिका २ का वडाअध्यक्ष यादवप्रसाद खतिवडा, प्रहरी चौकी झोराहाटका प्रहरी सहायक निरीक्षक कपलेश्वर स्वर्णकार, ट्राफिक प्रहरी पोष्ट हरैंचाका प्रहरी सहायक हवल्दार प्रेमकुमार भट्टराई र बैंकको झोराहाट शाखाका प्रबन्धक कृश्चल ढकालको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ माघ २०८० ११:३९ आइतबार

एक्सेल डेभलपमेन्ट बैंक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना