अर्थ

रिलायन्स र आधुनिक समाज डेन्टलबीच सम्झौता

रिलायन्स फाइनान्स र बुटवलको आधुनिक समाज डेन्टल केयरबीच वित्तीय तथा स्वास्थ्य सेवामा छुट लेनदेनको सम्झौता भएको छ।

सम्झौतामा रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र आधुनिक समाज डेन्टल केयर बुटवलका प्रबन्ध निर्देशक अमृत भुषालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीलाई आधुनिक समाज डेन्टल केयरले प्रदान गर्ने सेवामा ३० प्रतिशतसम्म छुट पाउनेछन्।

प्रकाशित: १९ माघ २०८० ०९:२२ शुक्रबार

रिलायन्स फाइनान्स वित्तीय तथा स्वास्थ्य सेवामा छुट लेनदेनको सम्झौता