अर्थ

वायुसेवा निगमले भवन बनाउँदै

नेपाल वायुसेवा निगमले काठमाडौं महानगरपालिका - ९ सिनामंगलमा भवन निर्माण गर्ने भएको छ। केन्द्रीय कार्यालयका लागि बहुवर्षीय योजना अन्तर्गत भवन निर्माण गर्न लागेको हो। भवनमा निगमलाई आवश्यक पर्ने पार्किङ स्थल र अन्य आवश्यक संरचना निर्माणस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भूमिपूजन कार्य गरे।

कार्यक्रममा मन्त्री किराँतीले यस कार्यबाट निगमले आफ्नो उन्नति तथा प्रगतिको थप उचाइमा हासिल गर्ने विश्वास व्यक्त गर्दै निगमको हितको लागि गरिने रचनात्मक कार्यमा आफ्नो सधैं साथ र सहयोग रहने बताए।

निगमका वरिष्ठ सञ्चालक समिति सदस्य किशोर प्रधानले निगमको व्यावसायिक हित र सम्पत्तिहरूको उचित उपयोग तथा व्यवस्थापनमा सञ्चालक समितिबाट सहयोग रहने बताए।

कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कने गरी ऐतिहासिक केन्द्रीय कार्यालय भवन तथा संरचना निर्माण गरिने बताए। अहिले केन्द्रीय कार्यालय रहेको न्युरोडको भवन तथा जग्गामा व्यावसायिक भवन बनाउने निगमको तयारी रहेको प्रवक्ता रमेश पौडेलले बताए।

प्रकाशित: १८ माघ २०८० ०५:२३ बिहीबार

नेपाल वायुसेवा निगम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी