अर्थ

गोल्डस्टारद्वारा सडक बालकलाई सहयोग

काठमाडौं– गोल्डस्टार जुत्ता निर्माता किरण सुज म्यानुफ्याक्चरर्सले आगामी वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालक विश्वकप फुटबल २०१८ मा नेपाली सडक बालकको टोलीलाई सहयोग गर्ने घोषणा गरेको छ।

नेपाली सडक बालकको टोलीले अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलोपटक हो ।
सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकलाई सहयोग गर्न लागेको जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७४ ००:४६ आइतबार