अर्थ

आरबिबी मर्चेन्टको नवौं वार्षिकोत्सव

आरबिबी मर्चेन्टको नवौंं वार्षिकोत्सव सम्पन्न भएको छ। वार्षिक उत्सव कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले कम्पनीको कार्य प्रगति प्रस्तुत गरेका छन्।

कार्यक्रममा आव २०७९÷८० को कार्यसम्पादन मूल्याङ्कनको आधारमा दुई जनालाई उत्कृष्ट कर्मचारीको रूपमा नगद तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा दिन सुझाव दिएका छन्।

कम्पनीले हालसम्म एक लाख ८० हजार हितग्राहीलाई सेवा दिइरहेको छ।

प्रकाशित: १७ माघ २०८० ०३:४० बुधबार

आरबिबी मर्चेन्ट नवौंं वार्षिकोत्सव बद्रीप्रसाद प्याकुरेल प्रमुख कार्यकारी अधिकृत कार्य प्रगति