अर्थ

रिलायबल इन्स्योरेन्सद्वारा जीवन बिमा दाबी रकम भुक्तानी

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमा दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउँपालिका ५ निवासी काशीमाया घर्तीलाई १४ लाख बिमाबापत रकम भुक्तानी गरेको छ।

काशीमायाका श्रीमान रामबहादुर घर्तीको गत मंसिर २२ गते मलेसियामा मृत्यु भएकोमा इन्स्योरेन्सको सुर्खेत शाखाले उनको श्रीमतीलाई बिमा वापतको रकम भुक्तान गरेको हो।

प्रकाशित: १६ माघ २०८० ०३:२३ मंगलबार

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स