अर्थ

बाँकेको अगैया बजारमा भार्गव विकास बैंक

काठमाडौं–  भार्गव विकास बैंकले बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित अगैया बजारमा १६औं शाखा सञ्चालनमा ल्याएको छ। नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको भार्गवले एक कार्यक्रमको साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका पूर्वसञ्चालक रेशमबहादुर खड्का, प्रदेश ५ का सांसद कृष्णा केसी नमूना र नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रतिनिधि शेलेन्द्र रेग्मीको सहभागीतामा उक्त शाखा उदघाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०१:२१ शुक्रबार