अर्थ

एनआइसी एसिया बैंकको धन वर्षा मुद्दती खाता


काठमाडौं– एनआइसी एसिया बैंकले ‘धन वर्षा मुद्दती खाता’  पुनः सुरु गरेको छ । ‘बैंक पनि, साथी पनि’ नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदानका लागि बैंकले उक्त खाता पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

एक वर्ष अवधिकोे उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिने छ । मुलुकभरका विभिन्न स्थानमा छरिएर रहेका बैंकका १८० शाखा सञ्जालमध्ये जुनसुकै शाखामा उक्त मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । मुद्दती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जासमेत उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले १८० शाखा कार्यालय, १८३ एटिएम सञ्जाल, चार एक्सटेन्सन काउन्टर, तीन शाखारहित बैंकिङ सेवाबाट उपभोक्तालाई सेवा दिइरहेको बैंकले जनाएको छ ।

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०१:०३ शुक्रबार