अर्थ

आइएमई डिजिटल–सिद्वार्थ बैंक सम्झौता

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्धार्थ बैंकका भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिद्धार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ।

बैंकले चाँडै नै सेवाग्राहीलाई आइएमई पे वालेटमा बैंक लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा दिने आइएमई ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० फाल्गुन २०७४ ०६:५४ आइतबार

आइएमई डिजिटल–सिद्वार्थ बैंक सम्झौता