अर्थ

भायानेटको ‘बाइ वान गिफ्ट वान फ्री’ योजना

भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकका लागि ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको छ।  

योजना अनुसार भायानेट इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिककालाई १२५ एमबिपिएस तीन महिनाको प्याकेज सित्तैमा उपाहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन्।

योजनामा सहभागी हुन भायानेटका ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यताका साथै १२५ एमबिपिएस वा सोभन्दा उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नु पर्ने हुन्छ।

साथै भायानेटले यो योजनालाई थप आकर्षक बनाउन १२५ एमबिपिएसको तीन महिनाको प्याकेजलाई भ्याटबाहेक २७ सय रूपैयाँमा पाइने बताएको छ।

प्रकाशित: १० माघ २०८० ०२:०६ बुधबार

भायानेट कम्युनिकेसन बाइ वान गिफ्ट वान फ्री