अर्थ

२५ अंकले नेप्से घट्दा साढे सात अर्बमाथिको कारोबार

साताको पहिलो कारोबार दिन आइतबारसेयर मापन गर्ने परिसूचक नेप्से तिव्र उतारचढाव हुदैँ २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ। गत साताभरिमा ६६ अंकले बढेको नेप्सेपरिसूचक साताको पहिलो कारोबार दिनमा नै उच्च अंकले गिरावट भयो। आइतबार १७७ कम्पनीको सेयर घट्यो भने ६४ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो।  आइतबार दुई करोड २८ लाख २० हजवार २ सय ७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो।

सेन्सेटिभ सूचक ७.४१ अंकले घट्यो भने फ्लोट सूचक २.०४ अंकले घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि २.७५ अंकले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये दुई उपसूचक बढ्यो भने ११ उपसूचक घट्यो। आइतबार बढ्ने उपसूचकमा अन्यतर्फ २३.९५ अंक र हाइड्रोपावरतर्फ ५.५० अंकले बढ्यो। आइतबार घट्ने उपसूचकमा विकास बैंकतर्फको उपसूचक ११०.८९ अंकले घट्यो भने निर्जीवनबीमातर्फको उपसूचक पनि ९८.६६ अंकले घटेको छ। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीम अंखुखोला जलविद्युत् कम्पनी र समाज लघुवित्त कम्पनी रह्यो।

ति दुवै कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेको छ। आइतबार सवैभन्दा धेरै सेय घट्ने कम्पनीमा सिईडिबी हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ८.२७ प्रतिशतले घट्यो। त्यसैगरी मैलुङखौला हाइड्रोपावर कम्पनीको सेयर पनि ७.२६ प्रतिशतले घटेको छ। गत साताको अन्तिम कारोबार दिन विहीबार पनि नेप्सेपरिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा झरेको थियो। सो दिन नेप्सेपरिसूचक तिव्र उतारचढाव हुँदै १३३ कम्पनीको सेयर घट्यो भने ११२ कम्पनीको सेयर बढ्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो। विहीबार २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २ सय ८२ रुपैयाँको सेयर कारोबार भयो।

प्रकाशित: ७ माघ २०८० १०:३९ आइतबार

नेप्से