अर्थ

के एल टावरमा मोबाइल एक्सचेन्ज अफर

काठमाडौं– केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को सित्तैमा वितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेन्ज अफर सुरु गरेको हो।

मोबाइल हबले अहिले सञ्चालन भैरहेको मोबाइल मेलाको अवधि एक साता थप्दै यस्तो अफर ल्याएको हो । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मूल्यांकन गराएर नयाँ किन्न सक्नेछन् । मोबाइल हबमा उपलब्ध कुनै पनि ब्रान्डका मोबाइलसँग ग्राहकले पुरानो मोबाइल साट्न सक्ने उनले बताए।

यसका साथै हबमा मेला अवधिमा मोबाइल किन्नेले एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा पाउने अफर पनिसञ्चालन भैरहेको छ । मेला अवधिभर विश्व बजारका चर्चित ब्रान्डका मोबाइल अहिलेसम्मकै सस्तो मूल्यमा किन्न पाइने कम्पनीको दाबी छ।

प्रकाशित: १७ फाल्गुन २०७४ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App