अर्थ

रंगशालाका लागि ३४ करोड बजेट

दाङ – बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ। 

भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो।

जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ। पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ। पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले राखेका छन्। 

जिल्ला खेलकुद विकाश समितिको सक्रियातामा गुरुयोजना निर्माण गरिएसँगै पूर्वाधार निर्माणका लागि उक्त रकम खर्च गरिनेछ। तुलसीपुर–१९ बेलझुण्डीस्थित खेलकुद विकास समितिको कार्यालय परिसरमा रंगशाला निर्माण गरिने समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताए। 

खेलकुद परिषद्ले रंगशाला निर्माणका लागि टेण्डरसमेत आह्वान गरेको छ। खेलकुद विकास समितिले केही दिनमा नै रंगशालाको शिलान्यास गर्ने योजना बनाएको छ। 

प्रकाशित: १६ फाल्गुन २०७४ ०६:४३ बुधबार

रंगशालाका लागि ३४ करोड बजेट