अर्थ

एनआइसी एसियाको सम्मुन्नति प्लस बचत खाता

काठमाडौं– एनआइसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुन्नति प्लस बचत खाता ल्याएको छ । यस खातामा दैनिक मौज्दात न्यूनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ।

यो खाता खोलेपछि लकर सुविधामा ५० प्रतिशत छुट, इन्टरनेट, मोबाइल बैंकिङ र  डिम्याट खाता र डेबिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने जनाएको छ ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले यसअघिका समुन्नति बचत खाता र समुन्नति मुद्दती खाता लोकप्रिय भएपछि नयाँ बचत योजना सार्वजनिक गरिएको बताएका छन् ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:२५ बुधबार

एनआइसी एसियाको सम्मुन्नति प्लस बचत खाता