अर्थ

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन

काठमाडौं– शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रालिले प्राविधिक स्टारलिंगर एन्ड कम्पनीको सहकार्यमा एड स्टार लेमिनेटेड ब्याग्स एन्ड सिमेन्ट प्याकेजिङसम्बन्धी सम्मेलन गरेको छ । उक्त सम्मेलन दक्षिण एसियाकै ठूलो भएको कम्पनीको दाबी छ।

उक्त प्रविधि सेकेन्ड जेनेरेसन ब्याग्सको रुपमा प्रतिष्ठित रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिमेन्ट कम्पनीहरुले प्रयोग गर्र्दै आएका साधारण प्याकेजिङका समस्या हटाउन यी ब्यागले योगदान गरेको र यसमा चुहावट शून्य हुने कम्पनीको भनाइ छ । यस्तो ब्याग प्रयोगबाट धुलो नउड्ने, चिसो तथा पानी नछिर्ने, वातावरणमैत्री र पुनः प्रयोग गर्न सकिने जस्ता फाइदा लिन सकिने कम्पनीको भनाइ छ ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:१३ बुधबार

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन