अर्थ

सिमलचौरमा सिटिजन्स बैंक इन्टरनेसनल

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कास्कीको सिमल चौरमा आफ्नो ६८औं शाखा संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवार सुरु गरेको बैंकले जनाएको छ।

सो कार्यक्रममा जिल्लाका सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुखहरु सहभागी रहेको बैंकले जनाएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देशैभरी ६८ वटा शाखा, ६५ वटा एटिएम काउन्टर र ९९ वटा शाखारहितआधुनिक बैंकिङ्ग सेवाहरुबाट ग्राहकलाई सेवा प्रदानगर्दै आएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:२१ मंगलबार

सिमलचौरमा सिटिजन्स बैंक इन्टरनेसनल