अर्थ

गण्डकी विकास बैंकको सि–आस्वा सेवा

काठमाडौं– गण्डकी विकास बैंकले सि–आस्वा सेवा सुरू गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्यरूपमा सि–आस्वा प्रणालीमार्फत सेयर आवेदन गराउने व्यवस्था गरेसँगै बैंकले उक्त सेवा सुुरू गरेको हो।

यो व्यवस्था लागू गरेपछि सार्वजनिक निष्कासनको दरखास्त संकलन गर्ने कार्य व्यवस्थित हुने बैंकले जनाएको छ । यसबाट सेवाग्राहीलाई सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न घरमै बसी सेवा गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको कुनै पनि शाखा कार्यालयबाट सि–आस्वा रजिष्ट्रेसन फारम भरी रजिष्ट्रेसन नम्बर प्राप्त गर्न सकिने बताइएको छ।
 

प्रकाशित: १४ फाल्गुन २०७४ ००:५६ सोमबार

गण्डकी विकास बैंकको सि–आस्वा सेवा