अर्थ

यति ब्रुअरीको सेयर निष्कासन

यति ब्रुअरीले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक सञ्जिव सर्राफ र एनआइएमबी एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। सो सम्झौताअन्तर्गत एनआइएमबी एस क्यापिटलद्वारा बुक बिल्डिङ विधिमार्फत यति ब्रुअरीको साधारण सेयरहरू सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने भएको छ।

प्रकाशित: ३ माघ २०८० ०३:४२ बुधबार

यति ब्रुअरी बुक बिल्डिङ विधि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा