अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा छुट दिइने भएको छ। बैंकको क्रेडिट कार्डवाहकले बिग मार्टमा खरिद गरी भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म छुट पाउनेछन्।

बैंकले सो छुट योजना यही माघ महिनाभरि मात्र लागु हुने जनाएको छ। जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस अफरमा बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिग मार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ। यो अफर हाल बिग मार्टको ८१ वटा भन्दा बढी स्टोरहरूमा उपलब्ध छ।

प्रकाशित: ३ माघ २०८० ०३:३२ बुधबार

ग्लोबल आइएमई बैंक ग्राहकलाई बिग मार्टमा छुट