अर्थ

ज्योति बैंकको साधारणसभा

ज्योति विकास बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरूमा छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

साथै सभाले बैठकको सर्वसाधारण सेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकमा मन महर्जनलाई निर्वाचित गरेको छ।

प्रकाशित: १ माघ २०८० ०२:१५ सोमबार

ज्योति विकास बैँक सोह्रौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-८०