अर्थ

हिमालयन बैंकको साधारणसभा

हिमालयन बैंकको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९-०८० को प्रतिवेदन प्रस्तुत गरेका छन्।

सभाले हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फरहान तलिवलगायतको समूह निर्वाचित गरेको छ। सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १ माघ २०८० ०२:०५ सोमबार

हिमालयन बैंक ३१औं वार्षिक साधारणसभा प्रचण्डबहादुर श्रेष्ठ