अर्थ

डिसहोमको एक्सन स्पाेर्टस च्यानलमा रिङ रेस्लिङ लाइभ

काठमाडौं– डिसहोम एक्सन  च्यानलले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्पाेर्टस भएको छ।

यही फागुन १८ गते हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रालिको व्यवस्थापनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुन लागेको हो।

प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरसँगै विदेशी रेस्लरको समेत सहभागिता रहने बताइएको छ । पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगीतामा चार देशका रेस्लरहरुको सहभागिता रहने छ । प्रतियोगितामा नेपालबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी, अमेरिकाको प्रो रेस्लर गेमर, भारतका मास्कम्यान, ड्यानी, आरडिएक्स, ज्याक्स र नोलले प्रतियोगितामा सहभागिता जनाउने छन् । महिला रेस्लरहरु पनि प्रतियोगिताको आकषर्णको रुपमा रहनेछ। प्रतियोगितामा सहभागीता जनाउने महिला रेस्लरहरुमा नेपालकी दिलाशा र रुसकी मेफिस्तोका छन्।

प्रकाशित: ११ फाल्गुन २०७४ ००:५९ शुक्रबार

डिसहोमको एक्सन स्पाेर्टस च्यानलमा रिङ रेस्लिङ लाइभ