अर्थ

नबिल बैंकको सि–आस्बा सेवा

काठमाडौं– नबिल बैंक लिमिटेडले सि– आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि–आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी बैंकले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।  

बैंकले ग्राहकलाई समयमै सि–आस्बा रजिस्टेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस बैंकका ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट सि–आस्बा कस्टमर रजिस्टे«सन नम्बर लिई सि–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्ने बताइएको छ ।

 

प्रकाशित: १० फाल्गुन २०७४ ००:५३ बिहीबार

नबिल बैंकको सि–आस्बा सेवा