अर्थ

नेपाल ल्युब आयलको साधारणसभा

नेपाल ल्युब आयल लिमिटेडको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

कम्पनीले सेयर धनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ३० प्रतिशत लाभांश बापत २५ प्रतिशत वोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने भएको छ।

आर्थिक मन्दीले  सबै व्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको अवस्थामा पनि  कम्पनीले  अघिल्लो वर्षझैँ  लाभांश पारित गरेकोमा  सेयरधनीहरूले प्रशंसा गरे।

ल्युब आयलका अध्यक्ष अरूणकुमार चौधरीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष चौधरीले बजारलाई सकारात्मक दिशातिर मोड्ने भूमिका आफूले निर्वाह गर्ने बताए।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गरेर बिक्री गर्दै आएको छ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो। गल्फ ब्रान्डका उत्पादनहरूको विविधताले सबै अटोमोबाइल र मेसिनरीहरूलाई समेटन सक्ने गरी व्यापक रूपमा फैलिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २७ पुस २०८० ०३:०५ शुक्रबार

नेपाल ल्युब आयल लिमिटेड ३२औं वार्षिक साधारणसभा अरूणकुमार चौधरी अध्यक्ष