अर्थ

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ। कम्पनीका संचालक योगेन्द्र राई र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शुक्रबार संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन्। 

कार्यक्रममा बोल्दै संचालक राइले देशका विभिन्न भागका शाखा विस्तार गरी जनतालाई सहजरूपमा सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताए। स्थानीय उद्योगी ब्यवसायी लगायत बैंक तथा वित्तीय संस्थालाई आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराएर उच्चकोटीको सेवा लिन समेत उनले आग्रह गरे।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको बताएका छन्। कम्पनीको दशभरी शाखा विस्तार गर्ने योजना रहेको छ, उनले भने। 

शुक्रबार उद्घाटन भएको शाखासहित २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरू र प्रधान कार्यालयसहित कम्पनीले ४२ स्थानबाट  सेवा प्रवाह गरिरहेको उनले बताएका छन्।

प्रकाशित: ४ फाल्गुन २०७४ १५:०७ शुक्रबार

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा