अर्थ

शास्वत धाममा वसन्त महोत्सव सुरु

काठमाडौं – नवलपरासीको शास्वत धाममा ३५औं वसन्त महोत्सव सुरु भएको छ । धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै शास्वत धाममा वसन्त महोत्सव सुरु भएको हो।

भारतको राजस्थानस्थित झुन्झुनु मन्दिरमा रहेकी राणीसती जादीजीको मूर्ति ल्याएर शाश्वत धाममा विधिवत पूजा अर्चना सुरु गरिएको हो । यसलाई  विभिन्न स्थानमा उत्सवका रुपमा मनाउने प्रचलन अनुसार यो वर्ष शाश्वत धाममा महोत्सवका रुपमा मनाइने भएको हो । बिहीबार बिहान भरतपुरबाट गैडाकोटसम्म विभिन्न झाकी, बाजागाजा  हात्ती, घोडासहितको कलश यात्रा गरिएको थियो । कलश यात्रामा राणीसतीजीका अनुयायी र सर्वसाधारणको सहभागिता रहेको थियो । महोत्सवका लागि दुई हजार भारतीय भक्तजन आएका थिए भने त्यतिकै संख्यामा नेपालीको पनि सहभागिता रहेको थियो ।  

शास्वत धाममा सुरु दुईदिने वसन्त महोत्सवमा राणीसतीका अनुयायीहरुले आ–आफ्नो क्षेत्रका सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । शास्वत धामसँग पशुपतिनाथ, आर्ट अफ लिभिंग बैंगलोर, कान्चिकामाकोटीसँग धार्मिक एवं सांस्कृतिक सम्बन्ध स्थापित भइसकेको छ । वसन्त महोत्सवपछि राणीसतीजी मन्दिरसँग पनि यो सम्बन्ध स्थापित भएको छ । शास्वत धामले आगामी दिनमा विश्वका सनातन धर्मसँग सम्बन्धित संस्थासँग धार्मिक एवं सामाजिक सम्बन्ध स्थापित गर्दै जाने नीति लिएको छ ।

शास्वत धाममा शुरु भएको बसन्त महोत्सबमा बोल्दै शास्वपत धामका फाउन्डींग टस्टी बिनोद चौधरीले यस्तो महोत्सब गर्न पाउदा मलाई खुशिलागेको र आगामि दिनमा पनि यस्ता कार्यक्तमलाई प्राथामिकता दिदै जाने बताए । उनले यस्ता सास्कृतिक कार्यक्रमले द्धिपक्षिय हित सस्कृति सम्बन्ध सम्बर्धनमा महत्वपुर्ण भुमिका खेल्ने चर्चा गरे । सनातन धर्ममा विश्वास राख्नेहरुकालागि यस्तो कार्यक्रमले नजिक्याउने बातावरण बनाउन सघाउने बिश्वास ब्यक्त गरे ।

बसन्त महोत्सबका संयोजक रमेश कुमार पतोदियाले नेपालमा तेश्रो पटक बसन्त महोत्सब गर्न पाउदा सबै भारतियहरु खुशि भएको बताए । उनले यसअघि बिरगंज र काठमाण्डौमा  यस्तै बसन्त महोत्सब सम्पन्न गरिसकिएको  जानकारी दिए ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:४९ शुक्रबार

शास्वत धाममा वसन्त महोत्सव सुरु