अर्थ

सानिमा बैंकद्वारा छुट घोषणा

सानिमा बैंकले नयाँ वर्ष २०२४ को विशेष अवसरमा ग्राहकलाई छुट अफरको घोषणा गरेको छ। बैंकले सानिमा डोमेस्टिक डेबिट कार्डका लागि आवेदन गर्ने ग्राहकले अफर अवधिभर जारी शुल्कमा २४ प्रतिशत छुट पाउनेछन्।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल प्लेटफर्म मार्फत भुक्तानी गर्दा विभिन्न छुट तथा अफरहरू प्रदान गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको जनाएको छ। अफर जनवरी ७ देखि २५ सम्मको लागि मान्य रहने बैंकले जनाएको छ।

प्रकाशित: २२ पुस २०८० ०३:४१ आइतबार

सानिमा बैंक सानिमा डोमेस्टिक डेबिट कार्ड