अर्थ

कोटिहवामा एनआइसी एसिया बैंक

 

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवामा एनआइसी एसिया बैंकको नयाँ शाखा सञ्चालमा आएको छ ।

माघ २९ गतेदेखि उक्त शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले गरेको बैंकले जनाएको छ । यस क्षेत्रमा एनआइसी एसियाको शाखा सञ्चालनमा आएसँगै स्थानीय, व्यवसायीको साथै स्थानीय सरकारलाई सुरक्षित बैंकिङ सेवा पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ००:५६ बिहीबार

कोटिहवामा एनआइसी एसिया बैंक