अर्थ

एरियल ग्राहकले जिते वासिङ मेसिन

काठमाडौं – युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रालि र सेल्सबेरी डिपार्टमेन्ट स्टोरको सहकार्यमा सञ्चालित एक केजी एरियल किन्नुस् एलजी वासिङ मेसिन जित्ने मौका पाउनुस् नामको अफर अन्तर्गतका विजेतालाई पुरस्कार वितरण गरिएको छ।

सेल्सबेरी डिपार्टमेन्ट स्टोर सातदोबाटोमा पुरस्कार बितरण कार्यक्रम आयोजना गरिएको युनाइटेड डिस्ट्रिब्युटर्सले जनाएको छ।

विजेताहरुलाई सेल्सबेरी डिपार्टमेन्ट स्टोरका महाप्रबन्धक सिएन पौडेल र युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रालिका महाप्रबन्धक डिवेन्दुदाश गुप्ताले पुरस्कार प्रदान गरेका थिए।

विजेताहरुमा कुसुन्ती, रानीबुँका सुनिलकुमार महतो, काठमाडौं हात्तीगौंडाकी गीता भट्टचन, ताहाचलकी राजी प्रधान र ललितपुर धापाखेलकी सर्यु श्रष्ठ छिन्।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०१:२५ बुधबार

एरियल ग्राहकले जिते वासिङ मेसिन